मुख्य सामग्रीमा जानुहोस्

सातबुदे माग कार्यान्वयन नभए आन्दोेलन चर्काउने शिक्षक महासंघको चेतावनी

शिक्षकका मागमा सरकारी बेवास्ता सहमति कार्यान्वयन नभए फेरि सडक तताउने महासङ्घको चेतावनी ।

२०८३-०८-१३ / चौतारी खबर

सातबुदे माग कार्यान्वयन नभए आन्दोेलन चर्काउने शिक्षक महासंघको चेतावनी

काठमाण्डौ मंसीर १३

शिक्षकका मागमा सरकारी बेवास्ता सहमति कार्यान्वयन नभए फेरि सडक तताउने महासङ्घको चेतावनी ।

सरकार फेरिए पनि र नयाँ नेतृत्व आए पनि शिक्षक तथा विद्यालय कर्मचारीका समस्याप्रतिको सरकारी रवैया भने उस्तै देखिएको छ । विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएका सहमतिहरू कार्यान्वयन नभएर आन्दोलनमा उत्रिन बाध्य भएका शिक्षकहरू वर्तमान सरकारको कार्यशैलीबाट पनि उत्तिकै निराश बनेका छन्। सरकारसँग पटक–पटक भएका सम्झौता कागजमै सीमित भएको भन्दै नेपाल शिक्षक महासङ्घले ७ बुँदे मागसहित फेरि कडा र निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको छ।आइतबार एक विज्ञप्ति जारी गर्दै महासङ्घले विशाल जनमतसहित गठन भएको वर्तमान सरकारले समेत शिक्षक–कर्मचारीका पीरमर्कामा कुनै संवेदनशीलता नदेखाएको आरोप लगाएको छ।

महासङ्घका अध्यक्ष सुन्दर पन्तले विगतमा सरकारसँग भएको ९ बुँदे लगायतका सहमति कार्यान्वयनमा चरम उदासीनता देखिएको भन्दै यो महिनाको अन्तिमसम्म पर्खिने र माग सुनुवाइ नभए कडा आन्दोलनको घोषणा गर्ने स्पष्ट पारेका छन्।यसअघि २०८१ चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौँकेन्द्रित २९ दिने लामो आन्दोलन गरेका थिए। उक्त आन्दोलनपछि २०८२ वैशाख १७ गते सरकारले ९ बुँदे सहमति गरे पनि डेढ वर्ष बितिसक्दा समेत न अग्रगामी विद्यालय शिक्षा ऐन जारी भयो, न त सहमति नै कार्यान्वयनमा आयो। गत भदौमै आन्दोलनको तयारी थालेको महासङ्घले रसुवा बाढी र आन्तरिक नेतृत्व परिवर्तनका कारण कार्यक्रम स्थगित गरेको थियो। तर, सत्तामा जो आए पनि शिक्षकका मागलाई वार्ता र आश्वासनमा मात्र अल्झाउने पुरानै प्रवृत्ति दोहोरिएपछि महासङ्घ पुनः सडक सङ्घर्षको तयारीमा जुटेको हो।

अग्रगामी विद्यालय शिक्षा ऐन विगतका सबै सहमति समेटेर विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने।

पुरानै प्रणालीअनुसार निवृत्तिभरण पेन्सन नयाँ ऐन जारी हुनुअघि स्थायी भएका सबै शिक्षकलाई पुरानै प्रणालीअनुसार निवृत्तिभरणको व्यवस्था गर्नुपर्ने।

अस्थायी सेवा अवधि गणना अस्थायी सेवाबाट आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी भएका शिक्षकको पेन्सन प्रयोजनका लागि अस्थायी अवधि जोड्नुपर्ने र अवकाश पाइसकेकालाई समेत यो सुविधा दिनुपर्ने।

दुर्गम तथा स्थानीय भत्ता दुर्गम तथा स्थानीय भत्ता कटौती गर्ने नीति सच्याउनुपर्ने, विगतमा खाइपाई आएको भत्ता बेरुजु देखाएर फिर्ता गराउने निर्णय खारेज गर्नुपर्ने र सबै शिक्षकलाई भत्ता उपलब्ध गराउनुपर्ने।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।