मगर समुदायको गौरवशाली इतिहास, मौलिक संस्कृति र साहित्यिक दस्तावेजीकरण गर्ने उद्देश्यका साथ बुटवलमा ‘मगरको इतिहास लेख्ने दोस्रो साहित्य’ यही मंसीर सम्मेलन आयोजना हुने भएको छ। मगर महिला संघको आयोजनामा हुन लागेको यस सम्मेलनले मगर समुदायको ऐतिहासिक तथ्यहरूको खोजी, लेखन र प्रवर्द्धनमा विशेष जोड दिने आयोजकले जनाएको छ।
इतिहास लेखन र साहित्यिक विमर्शको सङ्गम
मगर समुदायको प्राचीन इतिहास, राज्य–सत्ताको योगदान, भाषा, लोकसाहित्य तथा सामाजिक रूपान्तरणका कथाहरू अझै पनि पर्याप्त मात्रामा लिखित दस्तावेजमा आउन नसकेको सन्दर्भमा यो दोस्रो संस्करण आयोजना गर्न लागिएको हो। विशेषगरी मगर महिला स्रष्टा, अनुसन्धाता र इतिहासकारहरूलाई एउटै मञ्चमा ल्याएर प्राज्ञिक तथा सिर्जनात्मक बहस चलाउने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।
मगर इतिहासको खोज र लेखनस् मगर जातिको ऐतिहासिक पृष्ठभूमि, पुर्खाहरूको योगदान र मौखिक इतिहासलाई लिखित स्वरूप दिन कार्यपत्र प्रस्तुति तथा समूहगत विमर्श गरिने। बिभीन्न स्रष्टाको नेतृत्व र सहभागिता मगर महिला संघको अग्रसरतामा साहित्य तथा इतिहास लेखनमा समुदायको बौद्धिक हस्तक्षेप र सिर्जनात्मक क्षमतालाई उजागर गर्ने। भाषा, साहीत्य कला र मौलिकताको जगेर्ना मगर भाषाका विविध भाषिका, कथा, कविता, गीत–सङ्गीत र सांस्कृतिक परम्पराको संरक्षणबारे बहुआयामीक बिषयमा सरोकारवालाबीच अन्तरक्रिया हुने आयोजकले जनाएको छ ।
बुटवलमा प्राज्ञिक जमघट लुम्बिनी प्रदेशको प्रमुख केन्द्र बुटवलमा देशका विभिन्न जिल्लाबाट मगर साहित्यकार, इतिहासविद्, बुद्धिजीवी तथा युवा पुस्ताका स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहनेछ।
आयोजक मगर महिला संघ जिल्ला समीतीका अनुसार पहिलो संस्करणको सफलतापछि अझ परिष्कृत र विषयकेन्द्रित रूपमा दोस्रो साहित्य सम्मेलन बुटवलमा गर्न लागिएको हो। यस सम्मेलनबाट निस्कने निष्कर्ष र प्रस्तुत कार्यपत्रहरूले आगामी दिनमा मगर समुदायको आधिकारिक इतिहास लेखन र साहित्यिक उन्नयनका लागि महत्वपूर्ण मार्गनिर्देशन गर्ने कार्यक्रम संयोजक नेपाल मगर महिला संघका अध्यक्ष निर्मला थापा मगरले बताईन ।
कार्यक्रम तयारी लगभग पुरा भएको र बुटवल बहुमुखी क्याम्पसको हाताभित्र यही मंसीर २६ र २७ गते हुने कार्यक्रम निर्देशक शंकर गाहाले बताए ।










