काठमाण्डौ । मंसीर १२
प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफूलाई आँखामा पट्टी बाँधी अज्ञात स्थानमा लगेर नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालगायत विरुद्ध झुटा बयान दिन मानसिक र शारीरिक यातना दिइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन्। आयोगले निवेदनउपर छानबिन तथा सोधपुछ प्रक्रिया सुरु गर्ने जनाएको छ।
सापकोटाकी पत्नी कविता पाण्डेमार्फत आयोगमा दर्ता गरिएको उजुरीमा हिरासतको अवधि, अनुसन्धान प्रक्रिया र मानव अधिकार संरक्षणका विषयमा गम्भीर प्रश्न उठाइएको छ।
आँखामा पट्टी र अज्ञात स्थलमा सोधपुछस् गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएपछि आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थानमा राखी सोधपुछ गरिएको दाबी निवेदनमा गरिएको छ। उच्चपदस्थविरुद्ध बयान दिन दबाब पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठलगायतविरुद्ध प्रमाण र बयान दिए रिहा गरिदिने प्रलोभन देखाइएको तथा नमान्दा आफू र परिवारलाई झुटा मुद्दामा फसाउने र जिउज्यानमा खतरा पुर्याउने धम्की दिई मानसिक यातना दिइएको आरोप लगाइएको छ।
बयान र अडियो सार्वजनिकप्रति आपत्तिस् आफूलाई जानकारी नै नभएका विषयमा कागज पढ्न लगाएर रेकर्ड गरिएको र पछि ती सामग्री काँटछाँट तथा चुहावट गरी सार्वजनिक गरिएको सापकोटाको जिकिर छ। मोबाइल र मुचुल्कामाथि प्रश्नस् पक्राउपछि मोबाइल फोन अनधिकृत रूपमा बाहिर लगिएको, सामग्रीमा छेडछाड गरिएको तथा कानुनी प्रक्रियाविपरीत मुद्दा थपिएको दाबी गर्दै सापकोटाले आफू र आफ्नो परिवारको जीवन रक्षा तथा न्यायसम्बन्धी हकको संरक्षण गर्न माग गरेका छन्।
मानव अधिकार आयोगको कदमराष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले सापकोटाका तर्फबाट उजुरी दर्ता भएको पुष्टि गर्दै आयोगले आफ्नो तर्फबाट छानबिन अघि बढाउने र सम्बन्धित सरकारी निकायसँग सोधपुछ गर्ने बताएका छन्। साथै हिरासतमा राखिएको अवस्थाबारे निरीक्षण गरी आवश्यक जानकारी लिने प्रक्रिया पनि अघि बढाइएको आयोगस्रोतले जनाएको छ। अनुसन्धानका क्रममा सार्वजनिक भएका अडियो, च्याट विवरण र प्रहरीको कार्यशैलीबारे विभिन्न टिप्पणी भइरहेका बेला आयोगको छानबिनले यस प्रकरणका थप तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।










