मुख्य सामग्रीमा जानुहोस्

दलित आयोग र सरकार प्रती आदिवासी जनजाती महासंघको ध्यानाकर्षण,

महासंघका नेतृत्वकर्ताहरूले सम्बोधन गर्दै संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको पहिचान र अधिकार कुण्ठित गर्ने गरी दलित आयोगले सिफारिस गर्नु र सरकारले त्यसलाई हुबहु राजपत्रमा प्रकाशन गर्नु गम्भीर त्रुटिपूर्ण भएको बताएका छन्

२०८३-०८-११ / चौतारी खबर

दलित आयोग र सरकार प्रती आदिवासी जनजाती महासंघको  ध्यानाकर्षण,

काठमाण्डौ, मंसीर ११

द

राष्ट्रिय दलित आयोगको सिफारिसमा आदिवासी जनजाति समुदायका विभिन्न थरहरूलाई दलित सूचीमा समावेश गरिएको र सरकारले बिनाअध्ययन हचुवाको भरमा राजपत्रमा अंकित गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघको बैठकले सो कुराको बिरोध जनाएका छन् ।

कार्यक्रममा सहभागी महासंघका पदाधिकारी तथा विभिन्न जातीय संघसंस्थाका अध्यक्ष एबम प्रतिनिधिहरूले आदिवासी जनजाति समुदायको ऐतिहासिक, सांस्कृतिक र मौलिक पहिचानमाथि प्रहार हुने गरी सरकारले राजपत्रमा २०८३।६।८ मा सूचना प्रकाशित गरेको भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरूले गैरजिम्मेवारी र हचुवाको भरमा गरिएको उक्त कार्य तत्काल खारेज गर्न माग गरेका छन्।

महासंघका नेतृत्वकर्ताहरूले सम्बोधन गर्दै संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको पहिचान र अधिकार कुण्ठित गर्ने गरी दलित आयोगले सिफारिस गर्नु र सरकारले त्यसलाई हुबहु राजपत्रमा प्रकाशन गर्नु गम्भीर त्रुटिपूर्ण भएको बताएका छन् । यस्ता गतिविधिले सामाजिक सद्भाव बिथोल्ने र समुदायबीच द्वन्द्व सिर्जना गर्ने खतरा रहेको भन्दै उनीहरूले सरकारलाई सचेत गराएका छन्।

आदिवासी जनजातिको पहिचान मेट्न पाइँदैन हचुवाको भरमा राजपत्रमा अंकित निर्णय खारेज गर्न नेपाल मगर संघका अध्यक्ष रक्षा रैका मगर सहीत बिभीन्न जातीय संगठनका अध्यक्षहरुले माग गरेका छन् ।

आदिवासी जनजातिको पहिचान मेट्न पाइँदैन हचुवाको भरमा राजपत्रमा अंकित निर्णय खारेज गर्न नेपाल मगर संघका अध्यक्ष रक्षा रैका मगर सहीत बिभीन्न जातीय संगठनका अध्यक्षहरुले माग गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघले उक्त राजपत्रको सूचना तत्काल संशोधन गरी आदिवासी जनजाति समुदायका थरहरू नहटाइए आफ्ना आन्दोलनका कार्यक्रमहरु गर्ने बताएको छ । ऐतिहासीक बिरासत बोकेको आदिवासी जनजात्ी सुचीकरण खारेज गर्नका लागी दबाबामुलक कार्यक्रमहरु अगाडी बढाउने र नेपाल सरकार र सम्बन्धीत निकायलाई सचेत गराउने बैठकले निर्णय गरेको छ ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।