मुख्य सामग्रीमा जानुहोस्

स्वास्थ्य बिमा किन प्रभाबकारी हुन सकेन

जनताका लागी स्वास्थ्य सेवा कागजमै सिमीत प्रभाबकारी बन्न सकेन ।

२०८३-०८-१३ / चौतारी खबर

स्वास्थ्य बिमा किन प्रभाबकारी हुन सकेन

काठमाण्डौ मंसीर १३

राज्यले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा संविधानमै व्यवस्था गरे पनि उपचार खर्चको मुख्य भार भने सर्वसाधारणकै काँधमा परिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो राष्ट्रिय स्वास्थ्य लेखा प्रतिवेदन तथा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ को तथ्याङ्कअनुसार नेपालमा स्वास्थ्य सेवामा खर्च हुने प्रत्येक १०० रुपैयाँमध्ये झन्डै ६० रुपैयाँ करिब ५७ देखि ६० प्रतिशत० नागरिकले आफ्नै गोजीबाट आउट अफ पकेट तिर्नुपरिरहेको छ।

सरकारले नागरिकलाई उपचार खर्चको आर्थिक बोझबाट जोगाउन भन्दै २०७२ सालदेखि महत्त्वाकाङ्क्षी ुस्वास्थ्य बीमा कार्यक्रमु लागू गरेको थियो। तर, कार्यक्रम सुरु भएको एक दशक बितिसक्दा पनि नागरिकको गोजीबाट हुने खर्च ९आउट अफ पकेट एक्सपेन्डिचर० घट्न नसक्दा स्वास्थ्य बीमाको औचित्य र प्रभावकारितामाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ।

नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा दिन ल्याइएको स्वास्थ्य बीमा कार्यक्रमले अपेक्षित नतिजा दिन नसक्नुका पछाडि नीतिगत र व्यवस्थापकीय कमजोरीहरू मुख्य जिम्मेवार देखिएका छन् ।

औषधि र उपकरणको चरम अभावस् बीमामार्फत उपचार गर्न सरकारी अस्पताल पुगेका बिरामीले चिकित्सकले लेखेका अधिकांश महँगा औषधि र परीक्षण ९ल्याबरएक्स(रे० अस्पतालभित्र नपाउने समस्या छ। बाध्य भएर निजी फार्मेसी र क्लिनिकमा महँगो शुल्क तिर्नुपर्दा बीमाको अर्थ नरहेको बीमितहरूको गुनासो छ।

अस्पतालको भुक्तानी र सेवा बन्दको त्रास स्वास्थ्य बीमा बोर्डले समयमै शोधभर्ना ९भुक्तानी० नदिएको भन्दै देशका ठूला सरकारी तथा निजी अस्पतालहरूले पटक–पटक बीमा सेवा बन्द गर्ने चेतावनी दिने र सेवा रोक्ने गरेका छन्। यसले बीमित नागरिकमा कार्यक्रमप्रति अविश्वास बढाएको छ।

झन्झटिलो प्रेषण रेफरल प्रक्रियास् सामान्य उपचारका लागि पनि प्राथमिक स्वास्थ्य केन्द्र वा तोकिएको पहिलो सेवा विन्दुबाट रेफरल पुर्जा लिनुपर्ने र घण्टौँ लाइन बस्नुपर्ने झन्झटले आकस्मिक तथा जटिल रोगका बिरामीले बीमाको सुविधा लिन सकेका छैनन्।

बीमा नवीकरणमा घट्दो आकर्षण एकपटक बीमा गरेका नागरिकले सेवा लिने क्रममा भोगेको सास्ती र अपमानजनक व्यवहारका कारण अर्को वर्ष बीमा नवीकरण नगर्ने ड्रपआउट दर उच्च छ।

जनशक्ति र संरचनागत कमजोरी स्वास्थ्य बीमा बोर्डमा स्थायी दरबन्दी र पर्याप्त जनशक्ति नहुनु, दाबी भुक्तानी प्रणाली प्रविधिमैत्री र छरितो नहुनु तथा बीमितको सङ्ख्याअनुसार अस्पतालहरूको क्षमता विस्तार नहुनुले कार्यक्रम थलिएको हो।

जनस्वास्थ्यविद्हरूका अनुसार विश्व स्वास्थ्य सङ्गठनले नागरिकको गोजीबाट हुने स्वास्थ्य खर्च १५ देखि २० प्रतिशतभन्दा कम हुनुपर्ने मापदण्ड तोकेको छ। तर, नेपालमा कुल स्वास्थ्य खर्चको झन्डै ६० प्रतिशत हिस्सा व्यक्ति स्वयंले व्यहोर्नुपर्दा बर्सेनि लाखौँ नागरिक उपचारकै कारण गरिबीको रेखामुनि धकेलिने जोखिम बढेको छ।

स्वास्थ्य बीमा कार्यक्रमको संरचनागत सुधार, समयमै सरकाले स्वास्थ्य बिमाको रकम उपलब्ध नहुनु, अस्पतालले अनाबस्यक चेकजाज गर्नु र अस्पतालमा औषधि तथा उपकरणको सुनिश्चितता र दाबी भुक्तानीलाई पारदर्शी नबनाएसम्म ुसबैका लागि स्वास्थ्यु भन्ने सरकारी नारा कागजमै सीमित हुने देखिन्छ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।